२०८२, पौष २ गते

Dec 17 2025 | २०८२, पौष २ गते

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा

बुधवार , पौष २, २०८२

  • 538
    Shares
  • 538
    Shares
  • भैरहवा, २ पुस । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ हुने भएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने नाराका साथ प्रदर्शनी पुस ३ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले मंगलबार बुटवलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

    रुपन्देही उद्योग संघका अध्यक्ष तथा मूल समितिका संयोजक कृष्ण प्रसाद पराजुलीले बुटवल मण्डप (अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र) हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन् । 

    प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टलहरु रहनेछन । प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको छ ।

    ‘मुक्तिनाथदेखि लुम्बिनीसम्मको झल्को देखिने गरी धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा जोड दिएका छौं । स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । हामीले आयोजना गर्ने हरेक प्रदर्शनीहरु सधै नमूना अर्थात भिन्न खालको हुने गरेको छ, ’पराजुली भन्नुभयो ।

    प्रदर्शनीको पुस ३ गते दिउँसो २ः१६ बजे उद्घाटन कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा फोटो प्रदर्शनी गर्ने सहकार्य गरिएको र प्mलोरी कल्चर एशोसिएनसँगको सहकार्यमा सजावटलाई व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

    ‘यसपटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल’ स्वदेशी अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाउँदैछौं । प्रर्दशनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुनेछन्, अध्यक्ष पराजुलीले भन्नुभयो ।’