२०८२, पौष २ गते

Dec 17 2025 | २०८२, पौष २ गते

रुपन्देही–१ : जसपा नेपालबाट असलम खाँसहित तीनजना सिफारिस

बुधवार , पौष २, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २ पुुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष मोहम्मद असलम खाँसहित तीनजनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

    बुधबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा सम्पन्न क्षेत्रीय भेलाले प्रत्यक्षतर्फ खाँसहित चन्द्रभान तिवारी र घनश्याम सिंह क्षेत्रीको नाम सिफारिस गरेको जसपा नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही–१ का इञ्चार्ज विद्या प्रसाद यादवले बताउनुभयो । तीनजना उम्मेदवारको नाम छनौट गरी सिफारिस गर्ने निर्णय गरिएको यादवले जानकारी दिनुभयो ।

    WhatsApp Image 2025-12-17 at 5.21.58 PM (1).jpeg

    प्रतिनिधि सभा क्षेत्र नम्बर १ समन्वय समितिका संयोजक अनिल यादवको अध्यक्षतामा भएको भेलाले उक्त निर्णय गरेको पार्टीले जनाएको छ ।