२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

जसपा कपिलवस्तुका अध्यक्षको नाम समानुपातिकमा सिफारिस

बिहिवार , पौष ३, २०८२

  • 7.5K
    Shares
  • 7.5K
    Shares
  • भैरहवा, ३ पुस । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष मोहम्मद इरफान रजा मुसलमानको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेको छ ।

    पार्टीको जिल्ला कार्यसमितिको बैठकले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला अध्यक्ष मुसलमानको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेको हो ।

    मोहम्मद इरफान रजा मुसलमान २०७९ सालको निर्वाचनमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मा वडाअध्यक्षको उम्मेदवार समेत बन्नुभएको थियो ।