बिहिवार , पौष ३, २०८२
बुटवल, ३ पुस । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज बिहीवारदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सुरु हुँदैछ ।
प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा.रामेश्वर खनालले गर्र्नुहुनेछ । प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको र दिउँसो २ः१६ वजे हुनेछ अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलोपटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका पाँचसय वटा स्टलहरु रहनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij