२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

एमाले नेतृत्व चयन : ८० वटै मेसिनको मुचुल्का तयार गरिँदै

बिहिवार , पौष ३, २०८२

  • 382
    Shares
  • 382
    Shares
  • काठमाडौं, ३ पुस । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । 

    बिहीवार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सम्पन्न भएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।

    अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा भएको छ ।

    अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना शुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ ।

    प्रत्यके मेसिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कुल ८० मेसिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ । त्यसपछि मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ ।

    सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ । ८ बजेबाट मत गणना प्रारम्भ गर्ने र त्यसको तीन घण्टाभित्र नतिजा घोषणा गर्न सकिने बताइएको छ । 

    महाधिवेशनस्थलमा रहनुभएका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदानको प्रक्रिया शुरु भएपछि सम्पन्न हुन दुई दिन समय लागेको र ८० वटा मेसिनबाट मतदान भएको र एउटा मेसिनबाट एक जनाले मतदान गर्दा सवा घण्टासमेत लागेको बताउनु भयो । छिटो छरितो कसरी गर्ने भन्ने बारेमा स्पष्ट भएको बताउनु भयो । प्रविधिको प्रयोगमा चुस्ततामा कमी रहेको र धेरै कुरा विकास गर्न बाँकी रहेको अनुभव भएको बताउनु भयो । 

    उहाँले समयमै मतदान सम्पन्न गर्न चिसो, जाडो सहेर भएपनि मतदान नरोकी सम्पन्न गरिएको बताउनु भयो ।