२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

रुपन्देही–३ : जसपा नेपालबाट कैलाश गुरुङसहित तीनजना सिफारिस

बिहिवार , पौष ३, २०८२

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, ३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही क्षेत्र नम्बर ३ बाट पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङसहित तीनजनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

    बिहीबार भैरहवामा सम्पन्न क्षेत्रीय भेलाले प्रत्यक्षतर्फ गुरुङसहित केन्द्रीय सदस्य निलम यादव र रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवको नाम सिफारिस गरेको जसपा नेपालका युवा नेता तथा सिद्धार्थनगरका अध्यक्ष जावेद आलमले बताउनुभयो । तीनजना उम्मेदवारको नाम छनौट गरी सिफारिस गर्ने निर्णय गरिएको आलमले जानकारी दिनुभयो ।

    प्रतिनिधि सभा निर्वाचन समन्वय समिति क्षेत्र नम्बर ३ का संयोजक तौलेश्वर लोधको अध्यक्षतामा भएको भेलाले उक्त निर्णय गरेको पार्टीले जनाएको छ ।