शुक्रवार , पौष ४, २०८२
भैरहवा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वता) का सभापति रवि लामिछाने रुपन्देही जान चितवनस्थित भरतपुर विमानस्थल तर्फ जानु भएको छ । थुनामुक्तका हुनका लागि जिल्ला अदालतका रुपन्देहीमा कानुनी प्रक्रिया पुरा गर्न रुपन्देही जान लाग्नु भएको हो ।
सभापति लामिछाने रुपन्देही जानका लागि बुद्ध एयर मार्फत चितवनस्थित भरतपुर विमानस्थलतर्फ लाग्नु भएको छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध यएर मार्फत भरतपुर तर्फ उडेको रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिनुभयो ।
भैरहवा जानका लागि बिहान ७ः५५ बजेदेखि कुरिरहे पनि भैरहवाको मौसम नखुलेपछि अर्को विकल्पको रुपमा भरतपुर झरेर स्थलमार्ग हुदैं रुपन्देही जान लाग्नु भएको हो ।
लामिछानेसँगै उहाँकी श्रीमती निकिता पौडेल, रास्वपाका केही नेताहरू पनि उहाँसँगै जाँदैहुनुहुन्छ । लामिछानेलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ ।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उहाँ आज रुपन्देही जादै हुनुहुन्छ ।
उहाँलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।
बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी सस्था लिमिटेडको ठगी र संगठित अपराध मुद्दाको आरोपमा लामिछाने पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij