२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

मैले अझ धेरै लड्नु छ : रवि लामिछाने

शुक्रवार , पौष ४, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायको लडाई बाँकी नै भएको बताउनुभएको छ । शुक्रबार रुपन्देहीको भैरहवामा बोल्नुहुँदै सभापति लामिछानेले आफूले अझै धेरै लड्न बाँकी भएको बताउनुभयो ।

    ‘मैले लड्नुपर्छ, लड्न बाँकी छ, यो भनेको मेरो लागि होइन, तपाईको लागि हो, देशको न्यायका लागि हो, यिनीहरुले यो देशमाथि गरेको अन्यायको अगाडि, ममाथि गरेको अन्याय केही होइन, यो सबैको हिसाब गर्नु छ ।’हिसाब मिलाएपछि अली लामो बोल्ने उहाँको भनाइ छ ।

    पूर्व गृहमन्त्री समेत रहनुभएका लामिछानेले आफूले बोल्ने समय आउन लागेको बताउनुभयो । ‘म आशा गर्छु यो देशले चाँडै न्याय पाउनेछ, सबैको जय होस् मैले बोल्ने समय आउँदैछ, केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ । सबैजनालाई यो माया, साथ, विश्वास र अनवरत सद्भावका लागि म धेरै धेरै धन्यवाद दिन्छु, धेरै बोल्ने दिन आउँदैछ,’ उहाँले भन्नुभयो । 

    सभापति लामिछाने सहकारी ठगी प्रकरणमा धरौटीमा थुनामुक्त हुनुभएको छ । शुक्रबार भैरहवास्थित रुपन्देही जिल्ला अदालतमा बैंक जमानत बुझाएर उहाँ रिहा हुनुभएको हो ।