२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

रुपन्देही–३ : जसपाबाट मोहम्मद अली उम्मेदवारमा सिफारिस

शनिवार , पौष ५, २०८२

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, ५ पुुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ मोहम्मद अलीको नाम सिफारिस गरेको छ ।

    पार्टीको जिल्ला समन्वय समितिको बैठकबाट अलीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको जसपा रुपन्देहीका अध्यक्ष शिवदास यादवले बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–४ निवासी मोहम्मद अली हाल पार्टीको केन्द्रीय समिति सदस्य हुनुहुन्छ ।