शनिवार , पौष ५, २०८२
भैरहवा, ५ पुस । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको १२ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले राजेश महोत्रा क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । महोत्रा क्षेत्री पर्यटन विकास परिषद् लुम्बिनीको बोर्ड सदस्य समेत हुनुहुन्छ ।
निर्वाचन अधिकृत जगत बहादुर रायमाझीका अनुसार संगठनको वरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई, प्रथम उपाध्यक्षमा नरेन्द्र खनाल, द्वितीय उपाध्यक्षमा कल्पना भट्टराई (न्यौपाने), उपाध्यक्षमा गुनाखर खनाल, महासचिवमा बाल बहादुर घिमिरे (सुनिल), कोषाध्यक्षमा दल बहादुर गुरुङ, सचिवमा अर्जुन प्रसाद गौतम र सह–कोषाध्यक्षमा पदम राज पन्थ निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यमा शुभराज गौतम, रोमाकान्त भट्टराई, सुमन न्यौपाने, हरि प्रसाद ज्ञवाली, दामोदर पन्थी र सुधिर रावल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रायमाझीले जानकारी दिनुभयो ।
साधारण सभा तथा सातौं अधिवेशनको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
संगठनका अध्यक्ष राम प्रसाद पोखरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईको स्वागत, निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेको धन्यवाद ज्ञापन तथा महासचिव बाल बहादुर घिमिरे (सुनिल)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
