२०८२, पौष ७ गते

Dec 22 2025 | २०८२, पौष ७ गते

कञ्चनमा मनाइयो विश्व ध्यान दिवस

सोमवार , पौष ७, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा, ७ पुस । रुपन्देहीको कञ्चन गाउँपालिकामा विश्व ध्यान दिवसको अवसरमा बृहत ध्यान शिविर सम्पन्न गरिएको छ । द आर्ट अफ लिभिङ्ग, कञ्चन र कञ्चन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा भारतको बैंगलोरका स्वामी देवदत्त बह्माचार्यले ध्यानको महत्व र वर्तमान अवस्थामा त्यसको अपरिहार्यताबारे जानकारी दिनुभएको थियो ।

    उहाँले कार्यक्रममा सहभागीहरुलाई ध्यान गर्ने तरिका सिकाउनुभयो ।  बिहान र साँझ दैनिक दुईपटक कम्तीमा आधा घण्टा ध्यान बस्दा शारीरिक, मानसिक, सामाजिक रुपमा समेत स्वस्थता प्राप्त हुने उल्लेख गनगर्नुभयो ।

    यस्तै ध्यान गुरु काभ्या लम्सालले सहभागीहरुलाई ध्यानका प्रकार, ध्यानबाट हुने शारीरिक तथा मानसिक फाइदाबारे जानकारी तथा ध्यान गराउनुभएको थियो ।

    र्काक्रममा कञ्चन गाउँपालिकाको उपाध्यक्ष मौसमी थापा मगरले विद्यालयहरुमा पनि ध्यान शिविर सञ्चालन गरी विद्यार्थीहरुमा अनुशासन र नैतिक शिक्षाको ज्ञान दिन आवश्यक रहेको बताउनुभयो ।

    कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले ध्यान बिना कुनै पनि ज्ञान प्राप्त गर्न सहज नभएको बताउनुभयो । उहाँले ध्यानले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभयो ।

    600547342_1547132810287962_1822944622957795705_n.jpg

    आर्ट अफ लिभिङ्ग, कञ्चनका संयोजक चुडामणी पौडेलको अध्यक्षता, मेघनाथ पौडेलको स्वागत तथा उमा ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा कञ्चनका सामूदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीयबासी लगायतको सहभागीता रहेको द आर्ट अफ लिभिङ्गका प्रशिक्षक मंगल भण्डारीले बताउनुभयो ।