सोमवार , पौष ७, २०८२
भैरहवा, ७ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । शनिबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
राप्रपाका सहायक महामन्त्री ताहिर अलीका अनुसार तोयानाथ लम्साल, प्रज्जवल बोहरा, गौरब बोहरा, अमरनाथ त्रिपाठी, आशिष कुमार चौधरी र जानकी पासीलाई सर्वसम्मत सिफारिस गरिएको छ ।
१ नम्बरमा सिफारिस हुनुभएका देवदह नगरपालिका निवासी लम्साल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij