२०८२, पौष ८ गते

Dec 23 2025 | २०८२, पौष ८ गते

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

मंगलवार , पौष ८, २०८२

  • 406
    Shares
  • 406
    Shares
  • काठमाडौं, ८ पुस । आज मंगलवार नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनियम दरअनुसार आज डलर, युरोको भाउ बढेको हो । आज अमेरिकी डलर १ को खरिददर १४३.१५ रुपैयाँ र विक्रीदर १४३.७५ रुपैयाँ कायम भएको छ । सोमवार अमेरिकी डलर १ को खरिददर १४२.५४ रुपैयाँ र बिक्रीदर १४३.१४ रुपैयाँ कायम भएको थियो । 

    त्यस्तै, आज युरोको भाउ पनि बढेको छ । आज युरो १ को खरिददर १६७.९८ रुपैयाँ र विक्रीदर १६८.६८ रुपैयाँ कायम भएको छ । हिजो युरो खरिददर १६६.११ रुपैयाँ र विक्रीदर १६७.६१ रुपैयाँ कायम भएको थियो । 

    साथै, आज पाउण्ड स्टर्लिङ १ को खरिददर १९२.३१ रुपैयाँ र विक्रीदर १९३.११ रुपैयाँ, स्विस फ्रैङ्क १ को खरिददर १८०.४६ रुपैयाँ र विक्रीदर १८१.२२ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिददर ९५.०७ रुपैयाँ र विक्रीदर ९५.४६ रुपैयाँ, क्यानेडियन डलर १ को खरिददर १०३.९६ रुपैयाँ र बिक्रीदर १०४.४० रुपैयाँ, सिङ्गापुर डलर १ को खरिददर ११०.९५ रुपैयाँ र विक्रीदर १११.४१ रुपैयाँ रहेको छ । 

    साथै, जापानी येन १० को खरिददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१३ रुपैयाँ, चिनियाँ युआन १ को खरिददर २०.३४ रुपैयाँ र विक्रीदर २०.४३ रुपैयाँ, साउदी अरब रियाल १ को खरिददर ३८.१७ रुपैयाँ र विक्रीदर ३८.३३ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३९.२७ रुपैयाँ र विक्रीदर ३९.४४ रुपैयाँ, थाई भाट १ को खरिददर ४.५९ रुपैयाँ र विक्रीदर ४.६१ रुपैयाँ, संयुक्त अरब इमिरेट दिराम १ को खरिददर ३८.९८ रुपैयाँ र विक्रीदर ३९.१४ रुपैयाँ, मलेसियन रिङ्गिट १ को खरिददर ३५.१० रुपैयाँ र विक्रीदर ३५.२५ रुपैयाँ राष्ट्र बैंकले तोकेको   छ । 

    सँगै, दक्षिण कोरियन वन १०० को खरिददर ९.६७ रुपैयाँ र विक्रीदर ९.७१ रुपैयाँ, स्विडिस क्रोनर १ को खरिददर १५.४७ रुपैयाँ र विक्रीदर १५.५४ रुपैयाँ, डेनिस क्रोनर १ को खरिददर २२.४९ रुपैयाँ र विक्रीदर २२.५९ रुपैयाँ, हङ्कङ डलर १ को खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ, कुवेती दिनार १ को खरिददर ४६५.५४ रुपैयाँ र विक्रीदर ४६७.४९ रुपैयाँ, बहराइन दिनार १ को खरिददर ३७९.६८ रुपैयाँ र बिक्रीदर ३८१.२७ रुपैयाँ, ओमानी रियाल १ को खरिददर ३७१.८१ रुपैयाँ र बिक्रीदर ३७३.३७ रुपैयाँ तोकेको छ ।