२०८२, पौष ९ गते

Dec 24 2025 | २०८२, पौष ९ गते

सूर्यज्योतिद्वारा घातक रोगवापतको २० लाख बीमा रकम हस्तान्तरण

बुधवार , पौष ९, २०८२

  • 631
    Shares
  • 631
    Shares
  • भैरहवा, ९ पुस । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बीमा दावस् भुक्तानी वापतको २० लाख रुपैयाँ एकजनालाई हस्तान्तरण गरेको छ ।

    ‘सूर्यज्योति सावधिक जीवन बीमा’ अन्तर्गत धादिङको बैरिनी–७ का सुरेश गौतमलाई घातक रोगको उपचार बीमा वापत २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको कम्पनीका एजेन्सी म्यानेजर माधव शर्माले बताउनुभयो । 

    एजेन्सी म्यानेजर शर्माका अनुसार सुरेशले कम्पनीको भैरहवा शाखामा ‘सूर्यज्योति सावधिक जीवन बीमा’ अन्तर्गत घातक रोग सुरक्षण सुविधासहित २०७८ सालमा बीमा गराउनुभएको थियो । सुरेशका भतिजो अनमोल गौतमलाई बीमांक रकम २० लाखमा नियमबमोजिम लाग्ने करकट्टी गरी बाँकी भुक्तानी गर्नुपर्ने १९ लाख ४ हजार ५ सय ४० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो।

    ‘सूर्यज्योति सावधिक जीवन बीमा’ ले ३५ वटा घातक रोगविरुद्ध सुरक्षा (उपचार) का लागि मद्दत गर्ने शर्माले जानकारी दिनुभयो ।