२०८२, पौष १० गते

Dec 25 2025 | २०८२, पौष १० गते

‘निकै सकसका साथ काम गर्दैछौँ, कहीँ जाँदा सुख छैन’ : प्रधानमन्त्री कार्की

बिहिवार , पौष १०, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • काठमाडौं, १० पुस । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु कहीँ जाँदा पनि सुख नहुने दिक्दारी अवस्थामा रहेको बताउनुभएको छ । 

    बाह्रखरी मिडियाद्वारा बिहीवार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन सम्पन्न गर्न सरकार सकसका साथ काम गरिरहेको बताउनु भयो ।

    उहाँले केही युवाहरुले निर्वाचन किन गर्ने ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै वैधानिकता र कानूनको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउनु भयो । उहाँले जेनी युवा पुस्ताहरुले पनि दुःख दिने गरेको गुनासो सुनाउनु भयो । ३० वटा छुट्टै जेनजी समूहहरुले आ—आफ्नो मागहरु ल्याएर हैरानी दिने गरेको उहाँको गुनासो छ । 

    उहाँले भन्नुभयो, ‘हामीले निकै सकसका साथ काम गरिरहेका छौँ । अहिले निर्वाचन किन चाहियो भन्ने प्रश्न पनि युवाहरुले गर्ने गरेका छन् । किन चाहियो त भन्दाखेरी यो संसारको नियम नै रहेछ । कानून रहेछ । वैधानिकता र अवैधानिक कुरा पनि हुँदो रहेछ । यही सरकार चलिरह्यो भने तानाशाह हुन्छ, यिनीहरु त सरकारमा खान आएका रहेछन् भन्छन् ।

    कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रै बारेमा पनि कथा लेख्नुस् तपाईहरुले अब । २५–३० जेनजी समूहहरु छन् । एउटा आउँछ यो गर भन्छ,  अर्को आउँछ अर्कै काम गर्न भन्नुहुन्छ ।’

    उहाँले नेपाललाई थप राजनीतिक संकटतर्फ धकेलिन नदिन सतर्क हुनुपर्ने अवस्था रहेको बताउनु भयो ।