२०८२, पौष १० गते

Dec 25 2025 | २०८२, पौष १० गते

रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिने

बिहिवार , पौष १०, २०८२

  • 346
    Shares
  • 346
    Shares
  • काठमाडौं, १० पुस । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ । 

    बिहीवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता लेखकले आयोगमा उपस्थित भएर बयान दिने बताउनुभएको हो । भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको र आफूले बयान दिने निर्णय गरेको बताउनु भयो ।


    उहाँले भन्नुभयो, ‘भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु । म आयोगमा जान्छु । उहाँहरुले भोलिलाई भनेर बोलाउनुभएको रहेछ, मैले सोमवार आउँछु भनेको छु । १४ गते सोमवार जान्छु ।’

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको थियो । आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।