२०८२, पौष ११ गते

Dec 26 2025 | २०८२, पौष ११ गते

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

शुक्रवार , पौष ११, २०८२

  • 343
    Shares
  • 343
    Shares
  • काठमाडौं, ११ पुस ।  नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

    उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनुभएको हो । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

    यससँगै अन्तरिम सरकारको मन्त्रीपरिषद् १५ सदस्यीय बनेको छ ।