२०८२, पौष १२ गते

Dec 27 2025 | २०८२, पौष १२ गते

रुपन्देही–३ मा नेकपाबाट को–को भए उम्मेदवार सिफारिस ?

शनिवार , पौष १२, २०८२

  • 496
    Shares
  • 496
    Shares
  • भैरहवा, १२ पुस । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।

    नेकपाका युवा नेता तीरबहादुर रोका मगर (डार्बिन) का अनुसार प्रत्यक्षतर्फ आनन्द प्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम सिफारिस गरिएको छ ।

    त्यस्तै समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ हकिकुल्ला खाँ, सोनिया यादव, जय बहादुर सुनार (धु्रर्व), आशा कुमारी चौधरी, डा.ऋषिराम पाण्डे (शर्मा), धन बहादुर गुरुङ्ग, डिल्लीराम भट्टराई र टीकाराम श्रेष्ठलाई सिफारिस गरिएको छ ।