२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् : काँग्रेस नेता राठौर

आइतवार , पौष १३, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, १३ पुस । नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौति दिनुभएको छ । 

    आईतवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो चुनौति दिनुभएको हो । उहाँले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौति   दिनुभयो।

    उहाँले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले जनताको अधिकार, विकास दिएको बताउनु हुँदै सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘यि नयाँ पार्टीहरु कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन् । त्यसपछि कुरा गरौँला । ५ वर्ष चलाउन सकेका छैनन् । सबैले राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै हामीले यति लामो संघर्ष गरेका हौँ ।

    युक्रेनमा हिजो एउटा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज जे भोगिरहेको छ, नेपालमा पनि यि गैरजिम्मेवार पार्टी, सहकारी ठग, दलाल, गँजेडीहरुले हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौँ । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन । ’

    उहाँले पार्टीको १४ औं महाधिवेशनमा पराजय व्यहोरेकाहरुले चिच्याएर बोल्न जरुरी नरहेको बताउनु भयो । फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी दिनुभयो ।