२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

रुपन्देही–४ : राप्रपाबाट तीनजना उम्मेदवारमा सिफारिस

आइतवार , पौष १३, २०८२

  • 337
    Shares
  • 337
    Shares
  • मर्चवार, १३ पुस । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्बर ४ बाटबाट प्रत्यक्षतर्फ तीनजना उम्मेदवारको नाम सिफारिस गरेको छ।

    शनिवार मर्चवारमा सम्पन्न पार्टीको क्षेत्रीय कार्यसमितिको बैठकले उमापति बरई (चौरसिया), गौरब बोहरा र अनिता लोधको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

    त्यस्तै समानुपातिकतर्फ मोहम्मद सलिम देवान, अहमदद्दिन खान, रीमा पाण्डेय र रमापति यादवको नाम सिफारिस गरिएको क्षेत्रीय समितिका अध्यक्ष सद्दाम हुसेन शाहले जानकारी दिनुभयो ।