२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

कोरोना संक्रमण र मृत्यूदर दुबैमा लुम्बिनी प्रदेश अगाडी 

बुधवार , बैशाख १५, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • बुटवल, १५ बैशाख।

    लुम्बिनी प्रदेशमा जम्मा कोरोना संक्रमित संख्या ३५ हजार ८ सय १६ पुगेको छ। जुन संख्या नेपालको कुल संक्रमितको ११.६ प्रतिशत हो। पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ जना पुगेको छ।  

    लुम्बिनी प्रदेशमा हाल उपचारमा रहेका संक्रमितको संख्या ६ हजार ९ सय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ति मध्ये लक्षण सहितका ४ सय ७ बिरामी उपचाररत रहेको मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिृकत शैलैन्द्र पाण्डेले बताएका छन्।

    अधिकृत पाण्डेले बताए अनुसार प्रदेशमा हालसम्म कोरोना निको भएर घर फर्केका २७ हजार ८ सय ५९ रहेका छन । बिगत २४ घण्टामा १८ जना डिस्चार्ज भएका छन भने केस पोजेटिभ दर लुम्बिनीमा १४. ४१ प्रतिशत रहेको छ। उता नेपालमा केश पोजेटिभ दर नेपालमा १३.२ प्रतिशत मात्र रहेको छ। 

    मन्त्रालयका अनुसार कोरोना संक्रमण भै उपचार पश्चात डिस्चार्ज दर नेपालमा ९४. ६ प्रतिशत छ भने लुम्बिनीमा ७९ प्रतिशत मात्र रहेको छ। कोरोना संक्रमणबाट मृत्यूदर नेपालमा १.१ प्रतिशत छ भने लुम्बिनी प्रदेशमा १.४२ प्रतिशत छ। 

    हालसम्म लुम्बिनीमा कोरोना भाईरस संक्रमणबाट मृत्यू हुनेको संख्या ५ सय २ जना पुगेको छ। जुन नेपालको कुल मृत्युदरको १६.६७ प्रतिशत हो। नेपालमा हालसम्म ३ हजार १ सय ९४ जनाको मृत्यू भैसकेको छ। 
    यसैबिच आज बुधबार लुम्बिनी प्रदेशमा थप ५ सय ५२ नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। जसमध्ये महिला २ सय २३ जना र पुरुष ३ सय २९ जना रहेका छन्। मन्त्रालयका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा ११ जना आईसियु र ५ जना भेन्टिलेटरमा गरि जम्मा १६ जना उपचाररत छन्।

    यसैगरि भिम अस्पताल भैरहवामा सामान्य लक्षण देखिएका २४ जना र आईसियुमा ३ जना  उपचाररत रहेका छन् भने उता बाँकेस्थित भेरी अस्पतालमा सबैभन्दा बडि सामान्य लक्षण देखिएका १ सय ३५ जना, आईसियुमा ६८ जना र भेन्टिलेटरमा १० जना गरि २ सय १३ जना उपचाररत रहेका छन्।

    मन्त्रालयका अनुसार आयुर्बेद अस्पताल दाङ्गमा आईसियुमा ४१ जना उपचारमा छन भने निजि अस्पतालतर्फ सामान्य लक्षण देखिएका १ सय जना, आईसियुमा ४२ जना र भेन्टिलेटरमा ७ जना उपचाररत रहेका छन्। 
    लुम्बिनी प्रदेशमा सामान्य लक्षण देखिएका जम्मा ५ सय ५९ जना रहेका, आइसियु १ सय ६५ जना र भेन्टिलेटरमा २५ जना रहेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।