मंगलवार , पौष १५, २०८२
भैरहवा, १५ पुस । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव रुपन्देहीको रोहिणी गाउँपालिका आउनुहुने भएको छ । पार्टीको लुम्बिनी प्रदेश समितिको आयोजनामा यही पुस २३ गते बुधबार हुने जनसभालाई सम्बोधन गर्न अध्यक्ष यादव आउनुहुने प्रदेश अध्यक्ष राम अवतार यादवले जानकारी दिनुभयो ।
प्रदेश अध्यक्ष यादवका अनुसार उक्त जनसभामा जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, महासचिव राम कुमार शर्मा लगायतका नेताले सम्बोधन गर्नुहुनेछ ।
कार्यक्रम पुस २३ गते बिहान ११ बजेदेखि रोहिणी गाउँपालिका–३ धकधईस्थित श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा जनसभा सुरु हुने जसपा नेपालले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij