२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

बुधवार , पौष १६, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १६ पुस । सिद्धार्थनगर नगरपालिका र माइती नेपाल भैरहवाको संयुक्त आयोजनामा आइतबार परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बैठकमा परियोजना अवधिमा गरेका क्रियाकलापका बारेमा छलफल भएको थियो । 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको बैठकमा नेपाल भारत सीमापार मानव बेचबिखन तथा ओसारपसार न्युनीकरणका लागि सप्मा निगरानीका बारेमा छलफल भएको हो । बैठकमा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । 

    WhatsApp Image 2025-12-30 at 2.02.25 PM (1).jpeg

    बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवाली, कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादव, सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरी, महिला तथा बालबालिका शाखाको अधिकृत कौशिल्या चौधरी, रोजगार संयोजक खेमराज गैरे, सूचना अधिकृत तपन पाण्डे, नवराज अर्याल, वकरत बातशाह शेष, सञ्चारकर्मी शंकर पाण्डे लगायतको उपस्थिति थियो ।