२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

अटो मेकानिक्सको ईभि मर्मतसम्बन्धी क्षमता अभिवृद्धि तालिम

बिहिवार , पौष १७, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, १७ पुस । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रूपन्देही लुम्बिनीको आयोजनामा विद्युतीय सवारी (ईभि) मर्मतसम्भार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको सहकार्य तथा भिजि मोटर्सको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

    बुटवल उपमहानगरपालिका–२, अजिरसिंह नगर (मैनाबगर) स्थित विश्वकर्मा बाबा प्रशिक्षण हलमा आयोजना गरिएको तालिमको उद्घाटन महासंघका केन्द्रीय उपाध्यक्ष ज्योति भण्डारीले गर्नुभएको थियो । उहाँले बढ्दो विद्युतीय सवारी प्रयोगसँगै ईभि मर्मतसम्भारमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको सन्दर्भमा अटो मेकानिक्स तथा सम्बन्धित प्राविधिकहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले तालिमले व्यवहारिक ज्ञान सिक्न पाउँदा ग्यारेजमा ईभि आउँदा ग्राहक फर्काउने वातावरण अन्त्य हुने दावी गर्नुभयो ।

    बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले अटो मेकानिक्स्को क्षमता विस्तार र संस्थागत विकासमा निरन्तर संस्था लागिरहेको बताउनुभयो ।

    सो अवसरमा संस्थाका उद्योग उपाध्यक्ष ध्रुवराज भुसाल, वाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, महासचिव पुनित पोखरेल लगायतले बोल्नुभएको थियो ।

    भिजि मोटर्सका सम्राट न्यौपानेले ईभि सवारीको संरचना, मर्मत प्रविधि, सुरक्षा सावधानी तथा आधुनिक प्रविधिसम्बन्धी व्यवहारिक जानकारी प्रदान गर्नुभएको थियो ।

    608767076_1174575501520316_2976620373824657997_n.jpg

    बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको एकदिने तालिममा मैनाबगरका अटो व्यवसायी तथा मजदूरका साथै कोरियन नेपाल प्राविधिक बहुशिक्षालय तथा पश्चिम पृतना गढका प्राविधिकहरु गरी ६० जना सहभागी रहेको कार्यालय प्रमुख हिमाल खनालले जानकारी दिनुभयो ।