२०८२, पौष २१ गते

Jan 05 2026 | २०८२, पौष २१ गते

रुपन्देही–३ मा एमालेबाट पौडेलसहित ११ जना सिफारिस

सोमवार , पौष २१, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा (एमाले) ले रुपन्देही क्षेत्र नम्बर ३ बाट पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित ११ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

    पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३, रुपन्देहीको आइतबार भैरहवामा सम्पन्न बैठकले ११ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सचिव कृष्ण नेपालले बताउनुभयो ।

    सचिव नेपालका अनुसार बैठकले पौडेलसहित राजेन्द्र प्रसाद पन्थी, बासुदेव घिमिरे, हरि प्रसाद अधिकारी, विश्वराज बराल (अनुप), हितराज पन्थी, अयोध्या थारु, पम्फावती खनाल, सीता ढुंगाना काफ्ले, लक्ष्मी के.सी. र नर बहादुर घर्तीको नाम सिफारिस गरिएको छ ।

    २०७९ सालको निर्वाचनमा रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७४ सालमा यहाँबाट नेकपा (एमाले) का उम्मेदवार घनश्याम भुसाल निर्वाचित हुनुभएको थियो ।