२०८२, पौष २१ गते

Jan 05 2026 | २०८२, पौष २१ गते

रुपन्देही–४ : लोसपाबाट पूर्वमन्त्री शुक्ला एकल सिफारिस

सोमवार , पौष २१, २०८२

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २१ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले रुपन्देही क्षेत्र नम्बर ४ मा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाको नाम एकल सिफारिस गरेको छ । २०७९ सालमा सम्पन्न निर्वाचनमा शुक्ला सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीका तीनवटा क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरिएको लोसपा रुपन्देहीका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिनुभयो ।

    जिल्ला अध्यक्ष रौनियारका अनुसार प्रत्यक्षतर्फ क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, ४ बाट सर्वेन्द्रनाथ शुक्ला र ५ बाट मोहम्मद इस्लामको नाम उम्मेदवारमा एकल सिफारिस गरिएको छ ।