२०८२, पौष २२ गते

Jan 06 2026 | २०८२, पौष २२ गते

रुपन्देही–४ : जसपा नेपालबाट राम अवतार यादव एकल सिफारिस

सोमवार , पौष २१, २०८२

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २१ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही क्षेत्र नम्बर ४ बाट राम अवतार यादवको नाम उम्मेदवारमा एकल सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा रुपन्देही–४ बाट यादवको नाम सिफारिस गरिएको जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले बताउनुभयो ।

    राम अवतार यादव पार्टीको लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ । गत २०७९ सालमा उहाँ रुपन्देही–४ (२) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।