२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

द आर्ट अफ लिभिङ्ग आश्रम भैरहवामा सम्मान कार्यक्रम

सोमवार , पौष २१, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २१ पुस । द आर्ट अफ लिभिङ्ग आश्रम भैरहवामा सम्मान कार्यक्रम गरिएको छ । विश्व ध्यान दिवस–२०२५ को अवसरमा आयोजित विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने प्रशिक्षक, स्वयंसेवक र सहयोगी संघ–संस्थालाई शनिबार सम्मान गरिएको प्रशिक्षक दीपेन्द्र प्रधानले बताउनुभयो ।

    आश्रमले ध्यान दिवसको अवसरमा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय, जिल्ला कारागार कार्यालय रूपन्देही, नेवाः खल सिद्धार्थनगर, ओशो आश्रम भैरहवा, नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय, जेसीज किण्डर गार्डेन स्कूल, पक्लिहवा माध्यमिक विद्यालय, राधा कृष्ण मन्दिर शान्तिनगर लगायत गरी १५ स्थानमा ध्यान कार्यक्रम गरिएको आश्रमका व्यवस्थापक कमल श्रेष्ठले बताउनुभयो ।