२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

साढे ८ लाख बढीको सामान बरामद

सोमवार , पौष २१, २०८२

  • 865
    Shares
  • 865
    Shares
  • भैरहवा, २१ पुस । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले साढे ८ लाख बढीको अवैध सामान बरामद गरेको छ । 

    पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरीपैठारी गरिएका अन्दाजी मूल्य ८ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    अवैध सामान, सामान ल्याउन प्रयोग गरिएका सवारीसाधन र संलग्न व्यक्तिलाई समेत नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताउनुभयो ।

    डीएसपी कार्कीका अनुसार प्रहरीले मर्चवारी गाउँपालिका–३ बाट भैसी, छोटा हात्ती (गाडी), सिद्धार्थनगर नगरपालिका–८ बाट लेडिज सुट, जेन्स सान्डो, गाडीको झल्लर, लाईट, ओमसतिया गाउँपालिका–४ बाट सेन्डो, महिलाको भित्री बस्त्र, लेडिज सुट उलन, एलईडी हेडलाईट, रोहिणी गाउँपालिका–२ बाट माछा, मोटरसाइकल र सिद्धार्थनगर नगरपालिका–२ बाट रातो खुर्सानी, छोडा र चिनी बरामद गरेको हो ।...