२०८२, पौष २३ गते

Jan 07 2026 | २०८२, पौष २३ गते

रुपन्देही–३ : लोसपाबाट श्रीनिवास यादव एकल उम्मेदवार सिफारिस

मंगलवार , पौष २२, २०८२

  • 910
    Shares
  • 910
    Shares
  • भैरहवा, २२ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवारमा श्रीनिवास यादवको नाम एकल सिफारिस गरेको छ । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर ३ बाट यादवको नाम उम्मेदवारमा सिफारिस भएको लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारले बताउनुभयो ।

    पार्टीका केन्द्रीय सदस्य यादव २०७४ सालको निर्वाचनमा रुपन्देही–४(२) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । त्यस्तै पार्टीले क्षेत्र नम्बर ४ बाट पार्टीका वरिष्ठ सह–अध्यक्ष एवं पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला र ५ बाट केन्द्रीय सदस्य मोहम्मद इस्लामलाई एकल उम्मेदवार सिफारिस गरेको छ ।

    २०७९ सालमा सम्पन्न निर्वाचनमा लोसपाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभामा रुपन्देही–४ मा सर्वेन्द्रनाथ शुक्ला, क्षेत्र नम्बर ३ (१) मा सन्तोष कुमार पाण्डेय र ४ (१) मा कन्हैया बनिया प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा हेमा बेल्बासे (के.सी.) निर्वाचित हुनुभएको थियो ।