२०८२, पौष २४ गते

Jan 08 2026 | २०८२, पौष २४ गते

अर्घाखाँचीबाट एमालेद्वारा रायमाझीसहित पाँचजना सिफारिस

बुधवार , पौष २३, २०८२

  • 595
    Shares
  • 595
    Shares
  • अर्घाखाँची, २३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा (एमाले) ले पाँचजनाको नाम सिफारिस गरेको छ । पार्टीका पूर्व सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।

    एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको छ ।

    बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ ।