शुक्रवार , पौष २५, २०८२
भैरहवा, २५ पुस । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटर कर्पले सबैभन्दा धेरै फिचर भएको नयाँ ब्राण्डको ‘एसयूभी भिक्टोरियाज’ गाडी सार्वजनिक गरेको छ । यससँगै रुपन्देहीको भैरहवामा उक्त गाडी विक्री सुरु समेत भएको छ ।
भैरहवा क्षेत्रका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता पाठक मोटर ग्रुप प्रा.लि.ले गाडी सार्वजनिक गरेको हो । प्रा.लि.का निर्देशक बाबुराम पाठक, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, सीजी मोटर कर्पका डिलर इञ्चार्ज आदर्श भण्डारी र अजय तिमिल्सिनाले बिहीबार संयुक्तरुपमा नयाँ गाडी (लञ्च) सार्वजनिक गर्नुभएको हो ।
गाडी लन्चिङको अवसरमा एसयूभी भिक्टोरियाज गाडीको अफर चलेको र यसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । लन्चिङ अफरअन्तर्गत २ लाख रुपैयाँसम्मको एकसचेञ्ज बोनस उपलब्ध हुनेछ । यो सुविधा पहिलो ५० गाडी बुकिङका लागि उपलब्ध गराइने सीजी मोटर कर्पले जनाएको छ ।
सीजी मोटरकर्पका डिलर इञ्चार्ज आदर्श भण्डारीले सुरक्षा र आरामदायीको हिसाबले एसयूभी भिक्टोरियाज उच्चतम प्रविधिको रहेको बताउनुभयो । उहाँका अनुसार यो गाडीको माइलेज २१ किलोमीटर भन्दा धेरै छ । ‘सडकमा अगाडिको गाडीको स्पिडअनुरुप यसले आफ्नो स्पिड नियन्त्रणमा राख्छ । अगाडिको गाडी तीव्र गतिमा चले यो पनि तीव्र गतिमा र कम गतिमा चले कम गतिमै चल्ने गर्छ । अगाडिको गाडी रोकिएमा यो पनि रोकिन्छ, ’उहाँले भन्नुभयो ।
भण्डारीले धेरै ओरालोमा यो गाडीले आफै ब्रेक समात्ने भएकाले ब्रेक धेरै दबाउनु नपर्ने बताउनुभयो । उहाँका अनुसार गाडीले भित्र हावा शुद्धीकरण गरेर पठाउने भएकाले प्रदूषण नहुने र पार्किङ गरेको स्थानमा १५ सेकेण्डदेखि १ मिनेटसम्म बत्ती बल्ने गर्छ । कम्पनीका अनुसार नयाँ भिक्टोरियाज गाडीमा स्ट्रोङ हाइब्रिड र १ दशमलव ५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इञ्जिनका विकल्प रहेको र यो गाडी म्यानुअल र अटोमेटिक विकल्पमा उपलब्ध रहेको छ ।
गाडी लन्चिङ कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष रायमाझीले नयाँ गाडीले सबैको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेको प्रतिष्पर्धी बजारमा पनि सुजुकीको बजार यथावत् रहेकोले भैरहवामा पनि यसलाई कायम राख्न पाठक मोटर्स गु्रप सफल भएको अध्यक्ष रायमाझीले बताउनुभयो ।
पाठक मोटर्स प्रा.लि.का निर्देशक बाबुराम पाठकले नेपाल बजारमा भित्रिएको यो गाडी आरामदायी, भरपर्दो र प्रविधियुक्त रहेको बताउनुभयो । उहाँहरुले भिक्टोरिसलाई आधुनिक प्रविधि, उच्च सुरक्षा र आरामदायी यात्राको चाहना राख्ने ग्राहकहरूका लागि उपयुक्त विकल्पका रुपमा प्रस्तुत गरेको जनाए । उहाँले विभिन्न सेगमेन्टमा यो कार रहेको बताउनुभयो ।
गाडीमा ६ वटा एयरब्याग, स्वचालित इमर्जेन्सी ब्रेक, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ११ वटा फरक दृष्य देखाउने हाइ–डेफिनिसन क्यामेरा र टायर प्रेसर मोनोटरिङ सिस्टम, सबै पाँग्रामा डिस्क ब्रेक, विद्युतीय स्टेबिलिटी प्रोगाम, हिल होल्ड कन्ट्रोल, रिभर्स पार्किङ सेन्सरलगायतका अत्याधुनिक प्रविधिका विशेषता उपलब्ध छन् ।
कार्यक्रममा सिजी मोटरकर्पका अजय तिमिल्सिना, पाठक मोटर्स ग्रुप भैरहवाको प्रबन्धक सर्जुना थैव, एनएमबी बैंक बुटवल शाखाका अमृत थापालगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij