शुक्रवार , पौष २५, २०८२
काठमाडौं, २५ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले रुचाएको नदेखिएको बताउनुभएको छ ।
बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताउनुभएको हो ।
उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रश्ताव पार्टीले अघि सारेको भएपनि काँग्रेस–एमाले त्यसका लागि तयार नभएको पनि बताउनु भयो ।
उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनैपनि दलसँग सहकार्य नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिएपनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताउनु भयो । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा सदस्यमा काँग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पँक्ती र आम जनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरु आइ नै रहेका थिए ।
तर पनि राजनीतिक पार्टीहरुसँग हुने सहकार्यको विषय स्वभाविक पनि हुन्छ । फेरी यो राष्ट्रिय सभाको निर्वाचन भनेको आम निर्वाचनजस्तो होइन । प्रतिनिधिहरुले चुन्ने निर्वाचन भएको हुनाले यो अरु निर्वाचन जस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँड हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि ।
एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ । र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो तर उनीहरुमा मिल्ने छाँट देखिएन । हामी अगामी आम निर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।’
विगतमा अन्य राजनीतिक दलहरुसँग गठबन्धन गर्न आफूहरुको पहचिान स्थापित हुन नसकेको उहाँको स्वीकारोक्ति छ । उहाँले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डाहरु समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गर्नुभयो ।
उहाँले भर्खरै एकतामा गएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गर्नुभयो । राजनीतिक दलहरुमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्ला मुलुक यो संकटको अवस्थामा पुगेको पनि उहाँको जिकिर छ ।
सापकोटाले महाधिवेशनको विषयलाई लिएर नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्विक असर नपार्ने बताउनु भयो । यद्यपि पार्टी विभाजन हुनुभन्दा एकतावद्ध हुनु पार्टीका लागि लागि हितकर हुने भन्दै विभाजिततर्फ नजान आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको आन्तरिक कुरा हो अब त्यो करी जान्छ उनीहरुमै भर पर्ने कुरा पनि भयो । तर पार्टी फ्ट्नुभन्दा एकतावद्ध हुनु नै राम्रो हो । चाहे जुनसुकै पार्टी भएपनि फुट र विभाजन हुनुभन्दा एकतावद्ध हुनु नै राम्रो हो ।
मलाई जहाँसम्म लाग्न काँग्रेस नेताहरुले कुनै न कुनै उपाय खोजेर एकतावद्ध हुन्छन् होला । अब काँग्रेसको आन्तरिक मामिलाले हामीलाई त्यस्तो तात्विक अन्तर पर्दैन ।’
नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधिन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकलाई निकाश दिनसक्ने उहाँको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij