२०८२, पौष २६ गते

Jan 10 2026 | २०८२, पौष २६ गते

विशेष महाधिवेशन पार्टी विधानअनुसार अघि बढ्छ : महामन्त्री शर्मा

शुक्रवार , पौष २५, २०८२

  • 586
    Shares
  • 586
    Shares
  • काठमाडौं, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने हुने बताउनुभएको छ ।

    महाधिवेशनस्थलको अवलोकनको लागि शुक्रवार भृकुटिमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले सो दाबी गर्नुभएको हो । उहाँले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण गरिने र सोही अनुसार महाधिवेशनले नेतृत्व चयनको प्रक्रियामा जाने बताउनु भयो ।

    उहाँले पार्टीका कुनैपनि नेताहरुलाई अनादर गर्ने तथा उनीहरुप्रति नकारात्मक टिप्पणी गर्ने पक्षमा आफू नरहेको बताउँदै विधानको व्यवस्थाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले महाधिवेशनमा सहभागि हुन पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई समेत निमन्त्रणा गरिसकेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘हामी अहिले कसैका बारेमा पनि दकुनै टिप्पणी गर्दैनौँ । मात्रै प्रश्न के हो भने पार्टीको विधानमा व्यवस्था भएबमोजिम हुनेछ कि छै भन्ने मुल प्रश्न हो ।

    त्यसैले यसमा पार्टी सभापति र कार्यवाहक सभापतिको पनि सहभागिताका लागि साथिहरुले आह्वान गर्नुभएको छ । अब विस्तारै सबैको साझा मञ्चको रुपमा विषेश महाधिवेशन जान्छ, जानुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।’

    उहाँले आईतवारदेखि शुरु हुने विशेष महाधिवेशन समग्र पार्टीको साझा मञ्चको रुपमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।