२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

निषेधाज्ञामा आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित, हवाई यात्रा सुरक्षित बनाउन आग्रह

बिहिवार , बैशाख १६, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, १६ बैशाख।

    कोरोना कहरका कारण मुलुकका बिभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा लागु भएपनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमित संचालन हुने सरकारले जनाएको छ।

    यद्यपी निषेधाज्ञाबिच संचालन हुने हवाई यात्रा सुरक्षित बनाउन सबै स्वास्थ्य पोर्टोंकल अपनाउन सबै हवाई सेवा कम्पनी, यात्रु तथा सरोकारवालालाई सरकारले आग्रह गरेको छ।

    हवाई सेवा सम्बन्धी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फका उडान नियमित हुने जनाएको छ। 

    प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू हुने आजदेखि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिएका छन्। विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको उनको भनाइ छ। 

    यसबीचमा काठमाडौँबाट बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको आवश्यक्ता र सुविधालाई मध्यनजर गर्दै अधिक संख्यामा उडान थपिएको एयरलाइन्सहरुले जनाएका छन्।