२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण

मंगलवार , पौष २९, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौं, २९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको छ । 

    मंगलवार राप्रपा पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो । राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताहरूले एकीकरण घोषणा गरेका हुन् ।

    एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिन्ह कायम राख्ने सहमति भएको छ । एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

    यो एकीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याउने विश्लेषकहरूको मत छ । एकीकृत पार्टीले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेन्डा बनाउने जनाइएको छ ।