२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

गगन थापाको नेतृत्वमा काँग्रेस अब नयाँ भएर आउँदैछ : उपसभापति शर्मा

बिहिवार , माघ १, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • काठमाडौं, १ माघ । नेपाली काँग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीका विगतका कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग पुनः विश्वासको सम्बन्ध स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

    काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट उपसभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।  गगन थपाको नेतृत्वमा पार्टीलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढाउने संकल्प समेत उहाँले गर्नुभयो । पार्टीको आन्तरिक एकता बलियो एकजुट भएर जनताका मुद्दा सम्बोधन गर्न लागिपर्ने उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘सुनौलो बिहानीमा ब्युँझिदै गर्नुभएका आमाबुवा, दाजुभाईलाई भन्न चाहन्छु, गगन थापाको नेतृत्वमा काँग्रेस अब नयाँ भएर आउँदैछ, नविन भएर आउँदैछ ।

    काँग्रेस विगतका कमी कमजोरीहरुको लागि आत्मआलोचना गरेर आउँदैछ । फेरी हाम्रा कारण कँहीकतै कसैको मन दुखेको छ भने ती सबैसँग क्षमा माग्न आउँदैछ ।’

    अबको १०–१५ वर्षमा नेपाललाई समुन्नत र सक्षम राष्ट्रका रूपमा निर्माण गर्न सकिने सपना बोकेर पार्टी अघि बढ्ने उहाँको भनाइ छ ।