images
images

शुक्रवार, जेठ ४ गते २०८१

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने तीनजना कारागार चलान

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने तीनजना कारागार चलान

images
images
images
बिहिवार, बैशाख १६ २०७८
बिहिवार, बैशाख १६ २०७८
  • रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने तीनजना कारागार चलान

    भैरहवा, १६ वैशाख ।
    रुपन्देही जिल्लामा बिहीबार निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देही बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाएको छ । 

    images
    images
    images

    निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाईबुझाई गर्दा पनि डिउटीमा प्रहरीलाई बाधा अवरोध पुर्याउने ८ जनालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए ।

    पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरुमध्ये ७ जनालाई जनही १ महिना कैद वा सो बराबरको जरिवाना ९ हजार १ सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गरेका थिए । जसमध्ये ५ जनाले कैद र जरिवानावापतको रकम दाखिला गरेपछि छाडिएको र अन्य ३ जनाले कैद वा सो बराबरको जरिवना अनुरुप रकम नबुझाउदाँ उनीहरुलाई सजाय भुक्तानका लागि जिल्ला कारागार भैरहवामा पठाइएको डीएसपी थापाले बताए ।

    त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने १ हजार २० वटा विभिन्न सवारी साधन र १ हजार ४ सय ७० जना (पैदल यात्री २ सय समेत) लाई ‘होल्ड’ गरी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij