२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

अबका चुनौतीहरुले संविधान संशोधन खोजिरहेको छ : पूर्वमन्त्री शुक्ला

शुक्रवार , माघ २, २०८२

  • 283
    Shares
  • 283
    Shares
  • भैरहवा, २ माघ । पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले अबका चुनौतीहरुले संविधान संशोधन खोजिरहेको बताउनुभएको छ । उहाँले नयाँ शक्ति र पुराना शक्तिबीच संघर्ष नभइ सामान्जस्यको आवश्यकता रहेको बताउनुभयो ।

    बिहीबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित उद्योगपुरीमा आयोजित जनता समाजवादी पार्टी, नेपालको नगर, जिल्ला तथा प्रदेश कार्यसमितिको कार्यालयको उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदैै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘हामी पनि संविधान संशोधनको कुरा गरिरहेको छौं । अबका चुनौतीहरुले संविधान संशोधन खोजीरहेको छ । नयाँ शक्ति र पुराना शक्तिबीच संघर्ष होइन, सामान्जस्यको आवश्यकता छ । यो शक्तिले एक–अर्काको विपरीत नभइ सबै शक्तिलाई समेटेर, सँगसगै लिएर हिड्ने, हिंडाउने सहजकर्ताको भूमिका खेल्ने एउटा शक्तिको रुपमा यो हुनेछ भनेर त्यो बाटोमा हिडिरहेका छौं ।’

    उहाँले नयाँनयाँ शक्तिहरुको उदय भएको र त्यसले लैजान खोजेको नयाँ बाटोको चिनोफानो आगामी आउने सदनबाट हुने बताउनुभयो ।

    ‘चुनाव हाम्रो अगाडि छ । तर, अहिलेको परिस्थितिमा देश यही लक्ष्य र बाटोमा जान्छ भन्न ठूलाठूला राजनीतिक विश्लेषकहरुलाई पनि ग्राहो भइरहेको अवस्थामा हामी यो चुनौतीमा हिडिसक्यौं, ’उहाँले भन्नुभयो–‘हामी यात्रामा अगाडि बढिसकेको अवस्था छ । भोली आउने दिनमा हामी कहाँ जान चाहन्छौं भन्न्ने कुराको ध्येय राखेका छौं । तर, देशको जुन परिस्थिति छ, जुन यहाँ वैचारिक मतभेद मात्रै होइन वैचारिक द्वन्द्वको स्थिति छ ।’

    शुक्लाले आगामी संसद्मा तार्किक बहस गरेर समाधान गर्ने शक्तिहरुको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अहिले मात्र होइन, चुनाव भएर आउने संसद्मा पनि यो वैचारिक मतभेद तुरुन्तै समाप्त हुोला भन्न्ने स्थिति नरहेको उहाँको भनाइ छ । त्यो द्वन्द्वको सामना गर्नलाई तयार हुनुपर्ने र त्यसैअनुरुपको प्रतिनिधिहरु सदनमा आउनुपर्ने उहाँले धारणा राख्नुभयो ।

    अहिले आइपुग्दा लोसपा र जसपा नेपालबीच एकीकरण भएको र चुनौतीको सामना गर्न एकीकृत रुपमा अगाडि बढेको उहाँको भनाइ छ  । ‘विभिन्न कारणले देशमा विभिन्न चुनौतीहरु छन् र ती चुनौतीहरुको सामना गर्न समग्र मधेशवादी दलको एउटा मोर्चा बनाएका छौं । त्यसमा जनजातिको पनि प्रवेश छ । यो मोर्चाले आउने दिनको चुनौतीहरुलाई सामना गर्न केही हदसम्म मद्दत गर्छ भन्ने विश्वासका साथ हामीले सुरु गरेका छौं, ’शुक्लाले भन्नुभयो ।

    ‘संघर्ष भन्दा सामन्जयस्यको बाटोमा देशलाई जसले लैजान्छ, जसले तत्कालै प्रतिक्रिया दिनुभन्दा दीर्घकालीन रुपमा सामान्जस्यको भूमिका निर्वाह गरेर रुपमा देशमा अगाडि बढ्छ, त्यही नै आवश्यकता छ, ’शुक्लाले भन्नुभयो ।

    अहिलेको जटिल परिस्थितिमा देशले निकास खोजीरहेको उहाँले बताउनुभयो । ‘जटिल परिस्थिति वास्तवमा सबैको लागि चुनौती हो । यही बेलामा देशको सबैभन्न्द पुराना, सबैभन्दा ठूलो दल लोकतान्त्रिक शक्ति । पार्टी फुटिसक्यो त म भन्दिन, ’शुक्लाले भन्नुभयो ।

    देशका लोकतान्त्रिक शक्तिहरु कमजोर भएको अवस्था रहेको उहाँले बताउनुभयो । लोकतान्त्रिक कुरा गर्ने र लोकतान्त्रिक बाटोमा हिंडने शक्तिहरु कमजोर हुने अवस्था र अर्कोतिर नयाँनयाँ चुनौती देशको अगाडि रहेको उहाँले बताउनुभयो ।
    प्रतिनिधि सभाका पूर्व सदस्य समेत रहनुभएका शुक्लाले लोसपा र जसपाको एकीकृत शक्तिले निश्चिय रुपमा महत्पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

    जसपा नेपाल लोकतान्त्रिक र परिवर्तनकारी शक्ति भएको उहाँले बताउनुभयो । उहाँले संघर्षलाई किनारा लगाएर दीर्घकालीन सामाधान गर्न सक्ने र अरुसँग पनि सहकार्य गरेर अघि बढेर सही निकास दिन सक्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।

    ssss.jpg

    त्यस्तै पार्टीका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले ढिलै भए पनि जसपा र लोसपाबीच एकीकरण भएको बताउनुभयो । ‘हामी जहाँ भए पनि आज एक ठाउँमा आएका छौं । उहाँले भन्नुभयो–‘अब लुम्बिनी प्रदेशमा जसपा नेपाल सबैभन्दा ठूलो दल हुन्छ ।’

    जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम अवतार यादवले अब चुनावी अभियान सुरुवात गरेको र यसलाई तीव्रता दिने बताउनुभयो । उहाँले जनतालाई अधिकारसम्पन्न बनाउन जसपा नेपाललाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

    jasapa Rupandehi.jpg

    कार्यक्रममा पार्टीको नेतृ तथा लोसपा केन्द्रीय सदस्य विजया खत्री, युवा नेता तथा रुपन्देही जिल्ला अध्यक्ष रवि कुमार रौनियार लगायतले बोल्नुभएको थियो ।