२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

स्थानीय सरोकारवालासंग अन्तरक्रिया

शुक्रवार , बैशाख १७, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १७ वैशाख । 
    माइती नेपाल भैरहवाले स्थानीय सरोकारवालाहरुसंग बुधबार अन्तरक्रिया कार्यक्रम गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा प्रहरी, कानून व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा सक्रिय भुमिका खेल्दै आएको संस्थाले गरेका गतिविधि र अबको समयमा गर्नुपर्ने प्रयासका बारेमा छलफल भएको थियो । 

    कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका न्यायाधिवक्ता डम्बर प्रसाद काफ्लेले मानव बेचविखनमा संलग्नताको बारेमा कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस्तै माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले संस्थाले गरेका कामहरुका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् । 

    सो अवसरमा इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेल, सशस्त्र प्रहरी निरीक्षक विजय थापा, गैरसरकारी संस्था महासंघ सदस्य समिता मल्ल, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य शंकर प्रसाद पाण्डे लगायतले बोलेका थिए । संस्थाका फिल्ड कोअर्डिनेटर सनोज कुमार चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।