२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन : शेखर कोईराला

शुक्रवार , माघ २, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • काठमाडौं, २ माघ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर  मात्रै गएको टिप्पणी गर्नुभएको छ । 

    निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले बहुमत केन्द्रिय सदस्यहरु अहिले पनि आफूहरुसँग रहेको भन्दै उहाँले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताउनु भयो ।

    निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने बताउनु भयो । उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भएपनि विशेष महाधिवेशनको कार्यसूचि, कार्यतालिका,कार्यविधिहरु केन्द्रिय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गर्नुभयो ।

    कुनै पदाधिकारीले विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभइ संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘हामी यहाँ आउनै नपर्ने जस्तो मलाई लाग्छ । तर सञ्चारमाध्यमहरुले हामीलाई बाध्य बनाइदिए । उहाँहरुले निर्णय गर्नमिल्छ ? देशको निम्ति, नेपाली काँग्रेसको निम्ति यो परिस्थिति आएको छ । लोकतान्त्रिक पद्धतिअनुसार निर्णय गर्नुहुनेछ ।

    ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यसूचि, कार्यतालिका, कार्यविधि सबै केन्द्रिय समितिले बनाउनुपर्छ भन्नेकुरा स्पष्ट रुपमा विधानले भनेको छ ।

    नेपाली काँग्रेसको सिंगो केन्द्रिय सदस्यहरु यहीँ हुनुहुन्छ । केही चाइटिएर जानुभएको होला । तर सिंगो केन्द्रिय सदस्य यहाँ हुनुहुन्छ । कसैले, कुनै पदाधिकारी वा विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, नेपाली काँग्रेसको विधानले त्यो अधिकार दिएको छैन ।

    आज टुँडिखेलमा गइकन कुनै निर्वाचन आयुक्तले ६ गते निर्वाचनको नोमिनेसन हुँदैन भन्यो भने निर्वाचन आयोगलाई मान्य हुन्छ की हुँदैन ? यो गम्भीर विषय हो । यो कुरा सोच्नुपर्छ । व्यक्ति होइन संस्था खोजेको हो । संस्थालाई हेरेर अघि बढ्नुपर्छ । जुन साथीहरुको सिग्नेचर तपाईंहरुलाई पनि आएको होला । ति सिग्नेचर फिर्ता भएको निस्सा तपाईंहरुलाई प्रश्तुत गर्नेछौँ ।’

    उहाँले महँधिवेशनमा गएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरुले उक्त महाधिवेशनबाट आफूहरु फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिनुभयो । आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पशे गरेको छ ।