२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिए : सभापति खड्का

शुक्रवार , माघ २, २०८२

  • 193
    Shares
  • 193
    Shares
  • काठमाडौं, २ माघ । नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ । 

    शुक्रवार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुग्नुभएका कार्यवाहक सभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षर कर्ताहरुले हस्ताक्षर फिर्ता लिएको बताउनु भयो ।

    हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाउनुभएको बताउनु भयो । विशेष महाधिवेशन भेला भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ति हस्ताक्षरकर्ता सहभागी मध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्यसचिचवले भेला भन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’

    गगन थापा नेतृत्वको नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट केन्द्रिय कार्यसमिति चयन गरिसकेको छ । –न्युज एजेन्सी नेपाल