शुक्रवार , माघ २, २०८२
काठमाडौं, २ माघ । शुक्रवार राजनीतिक दलहरुसँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफलमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेदवारहरुलाई आग्रह गर्नुभयो ।
निर्वाचन आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने विश्वास पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नाजायज तरिकाले निर्वाचन आयोगले कुन पनि आचार संहिता बनाउँदैन । कानूनको लक्ष्मण रेखाभित्र रहेर कानूनलाई परिपालन गराउने सन्दर्भमा आचारसंहिता परिपालन गराउने सन्दर्भमा कुनैपनि कसर बाँकि राख्दैन भन्ने कुरा यहाँहरुले विश्वास गर्नुभएकै छ । मैले धेरै व्याख्यात्मक रुपमा उहाँहरुलाई केही भनिन ।
राम्रोसँग अनुशासित तरिकाले कानूनलाई परिपालन गरिदिनुस् । र खर्च गर्न पाउने त्यो सीमा कति हो, त्यो सीमा भित्र पनि रहिदिनुहोस । किनभने हामीले खर्च पनि निर्धारण गरिसकेका छौँ । खर्च गर्न पाउनेआधार पनि हामीले तोकिदिएका छौ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न गर्न सहयोग गरिदिनुस् ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी समेत दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij