
शुक्रवार , बैशाख १७, २०७८
बुटवल, १७ वैशाख ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा बेड अभावका कारण उपचार हुन नसेकेकी एक कोरोना संक्रमित गर्भवती महिलाको कपिलवस्तु अस्पतालमा अप्रेशन गरी बिहीबार राति बच्चा जन्माइएको छ ।
प्युठान स्थायी घर भएकी ३१ वर्षिय महिला उपचारका लागि सोमबार प्रादेशिक अस्पताल बुटवल गएकी थिइन् । ती महिलाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । बच्चा जन्माउन बुटवल अस्पताल पुगेकी उनी चार दिनअघि उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
३ वर्षअघि पनि बुटवल अस्पतालमै अप्रेशनबाट छोरा जन्माएकी ती महिलालाई ४ दिनसम्म आइसोलेशनमा राखिएको थियो । पेटमा पीडा भएपछि बेड अभावले उनको त्यहाँ उपचार हुन सकेको थिएन । भीम अस्पताल भैरहवामा समेत बेड अभाव थियो ।
प्रादेशिक अस्पतालका डाक्टरहरुले कपिलवस्तु अस्पतालमा ती महिलाको उपचारका लागि रिफर गरेका थिए । ‘
बेड अभावले कोरोना संक्रमित गर्भवति महिलाको उपचार गर्न कपिलवस्तु अस्पताल पठाइएको थियो ’ अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट किशोर बञ्जाडेले भने ।’ काम चुनौतीपूर्ण थियो, तर सफल भयौं, टीमको प्रयासले हामी सफल भयौ उनले भने ।’
राति ९ बजेर ५७ मिनेटमा ती महिलाको अप्रेशन गरी ३ किलो २४० ग्रामको बच्चा जन्माइएको अस्पतालका डा. गणेश क्षेत्रीले बताए । ती महिलाको २ वटा बच्चा खेर गइसकेको थियो । ‘ प्रसुति पीडा भएको बेला कोरोना संक्रमित भए छि ती महिलाको उपचार चुनौतीपुर्ण थियो, तर हामीले उनको सफल उपचार गर्यौ ’उनले भने ।
महिला र बच्चालाई अस्पतालमा छुट्टाछुट्टै राखिएको छ । बच्चाको पीसीआर परीक्षणका लागि पठाइएको छ । आमा र बच्चाको अवस्था ठीक रहेको डा. क्षेत्रीले बताए । कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरीटेण्डेन्ट डा. किशोर बञ्जाडे, डा. पुनम लामा, डा. गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेश कुमार महतो, नर्सिङ कर्मचारी रविना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशा लगायतका टोली अप्रेशनमा सहभागि थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij