२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

काँग्रेसको विभाजनमा प्रधानमन्त्री कार्कीको संलग्न छ : महेश बस्नेत

आइतवार , माघ ४, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • काठमाडौं, ४  माघ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफै संलग्न रहेको आरोप लगाउनुभएको छ । 

    शनिवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो आरोप लगाउनुभएको हो । सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानून विपरित काम गरेको जिकिर गर्दै त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रुपमा आफनो पार्टीले लिएको जिकीर समेत गर्नुभयो ।

    उहाँले प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरुले काँग्रेसलाई विभाजन गरेर रवि लामिछाने जस्तालाई बलियो बनाउने कुकर्म गरिरहेको समेत बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘जुन ढंगले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय ग¥यो । त्यो बेठिक ग¥यो भन्ने शेरबहादुर देउवाजीहरुले जे भन्नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । र काँग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो ।

    काँग्रेस र एमाले जस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने कुरामा सुशीला कार्की लगायतका अन्तर्राष्ट्रिय शक्तिहरु जुन ढंगले लागेका छन् । यो निकै गम्भिर विषय हो भन्ने हाम्रो निष्कर्ष हो । यसलाई हामीले धेरै गम्भिरताका साथ हेरेका छौँ । ’ 

    सचिव बस्नेतले सरकारविरुद्ध पार्टीले आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी समेत दिनुभयो ।