आइतवार , माघ ४, २०८२
काठमाडौं, ४ माघ । शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
आईतवार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेको सकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनु भयो ।
साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उहाँको निधनमा एक मिनेट मौनधारण समेत ग¥यो ।
शोक प्रश्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij