सोमवार , माघ ५, २०८२
काठमाडौं,५ माघ ।युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेन र युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड खरिदसँग जोडिएको कर प्रश्तावले ट्रान्सएट्लान्टिक सम्बन्धलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।
ट्रम्पले ग्रिनल्याण्ड खरिद गर्ने सम्झौता नभए फेब्रुअरी १ देखि विभिन्न आठ युरोपेली देशहरूमा कर बढाउने चेतावनी दिएपछि युरोपेली नेताहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । ट्रम्पले ग्रिनल्याण्ड खरिद गर्ने सम्झौता नभए डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्याण्ड र फिनल्याण्डका सामानहरूमा फेब्रुअरी १ देखि १०५ र जुनदेखि २५५ कर लगाउने घोषणा गरेका छन् ।
युरोपेली नेताहरूले यस कदमले सम्बन्धलाई कमजोर बनाउने र खतरनाक ओरालो बाटोतिर लैजाने चेतावनी दिएका छन् । युरोपले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता अन्तर्राष्ट्रिय कानूनका आधारभुत सिद्धान्त भएको भन्दै आफ्नो सार्वभौमसत्ता रक्षा गर्न एकजुट रहने प्रतिबद्धता जनाएको छ । ग्रिनल्याण्ड डेनमार्क अधिराज्य अन्तर्गतको स्वशासित क्षेत्र हो । जसको रक्षा र विदेश नीति कोपेनहेगनले हेर्दछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij