मंगलवार , माघ ६, २०८२
भैरहवा, ६ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीबाट पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ उम्मेदवार बन्नुहुने भएको छ ।
उहाँलाई जनमतले रुपन्देही क्षेत्र नम्बर ५ का लागि उम्मेदवार बनाएको पार्टीको रुपन्देही जिल्ला प्रवक्ता रुपचन यादवले जानकारी दिनुभयो ।
गुल्जारी २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालिन मधेशी जनअधिकार फोरम, नेपालबाट निर्वाचित हुनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij