शुक्रवार , माघ ९, २०८२
भैरहवा, ९ माघ । तिलोत्तमा गाइजको आयोजनामा मणिग्राममा प्रारम्भिक भेला भएको छ । प्रदर्शनी मण्डप मणिग्राममा भएको भेलामा करिब दुई सयजनाको उपस्थितिलाई सम्बोधन गर्दै संयोजक पुजन के.सी.ले अबको सफल नेतृत्वका लागि युवाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । राजनीतिको नाममा देश डुबाउने खेलो भएकाले युवाहरुलाई अगाडी सारेर युवाहरुकै मागलाई वेवास्ता गर्दा देश संकटमा परेको उहाँको भनाइ छ ।
चुनाव आउँदा मात्रै युवाहरुको लस्कर खोज्ने, अगाडी हिंडाउने तर, चुनावपछि युवाहरुलाई चाहिने शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन प्रबद्र्धनमा युवाको समावेशी सहभागीता नगर्नाले देश दुर्घटनामा परेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनपछि युवाको सोच परिवर्तन भएकाले अबको सफल नेतृत्वका लागि कुनै पनि राजनीतिभन्दा माथि उठेर युवाहरु एकजुट हुनुपर्ने संयोजक के.सी.को भनाइ छ ।
तिलोत्तमा र यस आसपासका युवाहरुको उपस्थिति रहेको सो भेलामा प्राय जसो युवाहरुको माग यस क्षेत्रको नेतृत्व गर्न चाहना राखेर उम्मेदवारी दिएका नेताहरुलाई युवाहरुको मागलाई प्रतिबद्धतासहित चुनावी मैदानमा आउन आग्रह गरेका छन् ।
सधै झुटा आश्वाशन र सपना बोकाएर विदेश जान बाध्य बनाउने नेतृत्वप्रति प्रश्न उठाउँदै उनीहरुले अब त्यस्तो खालको समय गइसकेकोले पुरा हुने र सक्ने कामको लागि मात्रै आम जनताको मर्म बुझेर काम गर्न आग्रह गरे ।
जेनजी आन्दोलनपश्चात भएको आगलागी र तोडफोडबाट भएको क्षतिलाई निर्माण गर्दै सामाजिक कार्यक्रम अग्रसर भएको तिलोत्तमा गाइजले अब चुनावकेन्द्रित स्वतन्त्र युवाहरुको भेला गर्दै रुपन्देहीको सबै क्षेत्रमा आम सभा गर्ने जमर्को गरेको जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
