२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

रुपन्देही–३ : बुवाको बिरासत जोगाउने दाउमा गौरव बोहरा

शुक्रवार , माघ ९, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ९ माघ । रुपन्देही क्षेत्र नम्बर ३ बाट २०७० र २०७९ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहरा निर्वाचित हुनुभयो । २०७९ सालमा तत्कालिन गृहमन्त्री तथा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गर्दै बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । 

    कोराना संक्रमित भएपछि उहाँलाई घाँटीमा समस्या देखियो । त्यसपछि उहाँ बोल्न सक्नुभएन । तर, त्यसका बाबजुद पनि चुनावी मैदानमा होमिनुभयो । मतदातासमक्ष एक शब्द पनि नबोली उहाँ विजयी हुनुभयो । पटकपटक मन्त्री बन्नुभएका बोहराको २०८१ साल चैत १९ गते निधन भयो । स्वर्गीय बोहरालाई ‘विकासप्रेमी नेता’को रुपमा चिनिन्छ । रुपन्देहीको विकासका लागि पार्टी भन्दा माथि उठेर काम गर्नुभएको बोहरालाई सबैका साझा नेताको रुपमा पनि चिनिन्छ । 

    निर्वाचनमा दीपक बोहरालाई जिताउन नेता, कार्यकर्ता, शुभेच्छुक, स्थानीयसहितउहाँको दुई छोरा क्याप्टेन गौरव बोहरा र प्रज्ज्वल बोहरा खटिनुभएको थियो । दुवै छोराहरु अहिले बाबुको विरासत जोगाउन चुनावी मैदानमा उत्रिनुभएको छ । रुपन्देही क्षेत्र नम्बर १ मा छोरा प्रज्जवल र ३ मा गौरव उम्मेदवार बन्नुभएको छ । 

    आगामी फागुन २१ ग्ते हुो प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाकोतर्फबाट उम्मेदवार बन्नुभएका क्याप्टेन गौरव बोहरा बुद्ध एअरको सिनियर पाइलट हुनुहुन्छ । अघिल्ला निर्वाचनमा बाबुलाई जिताउन खटिनुभएका गौरव यसपटक भने आफै उम्मेदवार बन्नुभएको छ । उहाँ निर्वाचन जितेर संघीय संसद् छिर्ने दाउमा हुनुहुन्छ ।

    IMG_8370.JPG

    तपाईको उम्मेदवार किन भन्ने प्रश्नमा उहाँको जवाफ छ–‘विशेष गरी यहाँका कृषक, उद्योगी–व्यवसायीको समस्या, निर्माणसम्पन्न भइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमानका लागि पहल गर्ने प्रमुख एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको छु । सम्पूर्ण मतदाताको साथ र सहयोगको अपेक्षा राखेको छु ।’ आफू नागरिक उडड्यन क्षेत्रमा कार्यरत रहदा पनि जनताको सेवामा निरन्तर लागेको बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘ ३० वर्ष नागरिक उडड्यन क्षेत्र काम गरे । बुवाले धेरै विकासका कार्यहरु गर्नुभयो । बुवाले गरेको कामलाई निरन्तरता दिन म फिल्डमा आएको छु ।’ अबको जिम्मेवारी मेरो काँधमा आएको छ । बुवाले देखाउने भएको मार्गमै अगाडि बढ्नेछु ।’ उहाँले बुवाका अधुरा सपना पूरा गर्न र युवाहरूमा उत्साह भर्न उम्मेदवारी दिएको खबरपात्रोलाई बताउनुभयो ।

    २०७९ सालको निर्वाचनमा राप्रपाका बोहरा दीपक बोहरा ३६ हजार ७ सय १७ मत प्राप्त गरी विजयी हुनुभएको थियो । बोहरासँग पराजित तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ कूल १ लाख ४० हजार ३५ मतदाता छन् भने यसपटक ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।